|

बनेपा : काभ्रेको पनौती नगरपालिका - ९ स्थित संखुमा केही समयअघि यात्रु बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ।

बस दुर्घटनामा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो। संखुबाट पनौती बसपार्कतर्फ आउँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट करीब ५ मिटर तल खस्दा दुर्घटना भएको स्थानीय प्रहरीले  जानकारी दिए।

बसमा सवार ४० मध्ये २७ जना घाइते भएको र दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बनेपास्थित शिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

हिजो बेलुका देखिको लगातार भएको वर्षाका कारण हिलो सडकबाट नियन्त्रण हुन नसकी बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.