|

हुम्ला : सोमबारदेखि  हुम्लामा बाक्लो  हिमपात भएको छ। हुम्लाको उच्च भागमा  बाक्लो हिउँ जमेको छ। यस वर्षकै  माघ महिनाको पहिलो सातामै बाक्लो हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती सेताम्मे भएका छन्। हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन्।

हुम्लाका उच्च हिमशृंखलाहरुका दृश्यावलोकनका लागि हुम्लामा पर्यटक आउने मौसम फागुनबाट सुरु हुने भएकोले यस वर्षकै ठूलो हिमपात भएको छ।  अहिले सदरमुकाम सिमकोट क्षेत्रमा आन्तरिक पर्यटक र स्थानीय बासिन्दा हिउँमा खेलेर रमाउन थालेका छन्।

१० वर्षपछि यसपटक हुम्लामा ठूलो हिमपात भएको सिमकोट गाउँपालिका-२ का गोरसिंह बोहराले बताए। सिमकोटमा बजारमा कर्मचारी  सुरक्षाकर्मी स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्टकसमेत  सेल्फी खिच्दै  हिउँमाथि लडीबुडी गरिरहेका छन्। चारैतिर हिमाल जताततै सेतेम्मै  हिमालले यतिखेर हिमपातले रमणीय बनाएको छ।

सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक  च्याङला भन्जायङ, सैपाल हिमाल उतरी कैलाश मानसरवरसँग जोडिएको हिमाल यतिखेर सेताम्मेले जो कोही पर्यटकलाई  आकर्षित बनाएको छ। पर्यटकलाई मोहक पार्ने ठाउँ हुम्ला एकपटक पुग्नैपर्छ।

हुम्लामा पहिलोपटक  स्किङ सञ्चालन

हिमपात भएपछि हुम्लामा पहिलोपटक स्किङ चिप्पेलटी सुरु भएको छ। पछिल्लो समयमा बाह्य पर्यटकहरूले हिउँमा रमाउनको लागि हुम्लामा पहिलोपटक पुगेका छन्। योपटक स्थानीय युवासहित विदेशी नागरिकको सहकार्यमा स्किङ (चिप्लेटी) सञ्चालनमा ल्याएका छन्।

हुम्ला सांस्कृतिक तथा पर्यटन पवर्द्धन युवा सञ्जाल तथा स्की स्नोबोडिङ फाउन्‍डेसन नेपालको सहकार्यमा पहिलोपटक अत्यधिक हिमपात हुँदा हिउँमा स्किङ (चिप्लेटी) खेलेर रमाउने प्रयास गरेको हुम्ला सांस्कृतिक तथा पर्यटन पवर्द्धन युवा सञ्जालका अध्यक्ष अविनाश लामाले बताए। हिउँमा स्किङ (चिप्लेटी) खेलेर रमाउने साधन एक हप्ता अगाडि नै हुम्लामा पुर्‍याए पनि हिउँको पर्खाइमा रहेको अध्यक्ष लामाले बताए। हुम्लामा मंसिर लागेसँगै फाल्गुनसम्म हिमपात हुने भएकाले यो पेसलाई निरन्तरता दिएमा बाह्‍य पर्यटक आगमन हुने र जिल्लावासीलाई फाइदा हुने लामाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.