|

मनाङ :  अविरल रूपमा हिमपात नरोकिएपछि जिल्लामा आउने पर्यटकलगायत सर्वसाधारणलाई सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ। हिमालपारिको जिल्ला मानाङ हिउँ नै हिउँले ढाकिएको छ। मंगलबार दिउँसोदेखि परेको हिउँ अझै रोकिएको छैन। मानिसहरु बाक्लो हिमपातका कारण घरबाहिर निस्कन सक्ने अवस्था छैन। हुन त केही हप्ता अगाडि १८ घन्टासम्म हिमपात भएता पनि यति बाक्लो हिमपात भने नपरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए।

 उनका अनुसार जिल्लाभर नै भारी हिमपात भएको छ। अझै रोकिने छाटकाँट देखिदैन। मानिसहरु घरबाहिर निस्कन सक्ने अवस्था छैन। करिब तिन फिट बराबरको हिउँ परेको प्रमुख जिल्ला अधिकारी देबकोटाको भनाइ छ।

हिमपातका कारण कुनै अप्रिय घटना भने नघटेको अधिकारीको भनाइ छ। यहाँ आउने पर्यटक र स्थानीयवासीका लागि सुरक्षित रहन जिल्ला प्रशासनले सचेत गरेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय चामे मनाङले कुनै अप्रिय घटना नघटोस् भनी गस्ती टोली खटाएको  डिएसपी खड्कबहादुर खत्रीले बताए। सदरमुकाम चामे आसपास माथिल्लो मनाङ हुम्डे लगायतका ठाउँहरुमा प्रहरीले गस्ती गर्नुका साथै सर्वसाधारणहरूलाई हिमपातबाट सुरक्षित रहन भनिरहेको छ। नार र फू भन्ने स्थानमा भने जान नसकिएको अवस्था रहेको र अधिकांश यहाँका मानिसहरु जिल्लाबाहिर रहेको पनि डिएसपी खत्रीले जानकारी दिए। प्रहरी इन्‍सपेक्‍टर श्रव कुमार बिकका अनुसार पछिल्लो समयमा माथिल्लो मनाङमा फोन सम्पर्क हुन सकेको छैन।

 हाल जिल्लामा यति नै संख्यामा पर्यटक रहेको भन्ने यकिन तथ्यांक भने जानकारीमा नआएको इन्सपेक्‍टर श्रवकुमार बिकले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा सम्पर्क गर्न खोज्दा  भने सम्पर्क हुन नसको पनि उनले जानकारी दिए। अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेक पोष्टले भने हिजो बिहान ५ बजे साँझ ४ पैतिससम्मको तथ्यांकमा  २० जना विदेशी पर्यटक धारापानी चेकपोष्टबाट क्रस भएको उक्त चेकपोष्टका प्रहरी जवान रणबहादुर नेपालीले जानकारी दिए।

सबै पर्यटक विदेशी भएको र प्रहरीको जानकारीअनुसार थोराङपासमा आएका हुन्।  हिमपात हुन थालेपछि माथि नजान अनुरोध गरी मनाङ डिस्याड गाउँपालिका हुम्डे र पिसाङमा रहेको जिल्ला प्रहरी इन्‍सपेक्टर श्रव कुमार बिकले बताए। हिपातका कारण केही पर्यटक फर्किएका प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए। हालसम्म  यहाँको जनजीवन प्रभावित रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.