|

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा तथा उनको मागप्रति समर्थन गर्दै आवासीय चिकित्सकहरूले विरोध र्‍याली निकालेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले विरोध र्‍याली निकालेका हुन्।

अप्राह्न १२ बजेदेखि साढे दुई बजेसम्म साढे दुई घण्टा ओपडी सेवा बहिस्कार गरेर विरोध र्‍याली निकालेका त्रिवि शिक्षण अस्पतालको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए। विरोधस्वरुप बुधबार पनि कालोपट्टी बाँधेर काम गरिरहेको डा. पाण्डेले बताए। उनले सत्याग्रह लामो समय गरिरहनु पर्ने कुरा नभएको भन्दै सरकारले डा. केसीको माग यथासिग्र पूरा गर्नु पर्ने बताए। लामो सत्याग्रहबाट डा. केसीको स्वास्थ्य अवस्था झनभन्दा झन नाजुक भएको भन्दै सरकारलाई उनका मागप्रति दबाब दिन विरोध र्‍याली आयोजना गरिएको उनको भनाइ छ।

सरकारले आफूसँग गरेका पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने माग गर्दै डा. केसीले पुस २७ गतेबाट इलाममा पुगेर अनशन सुरु गरेका थिए। स्वास्थ्य अवस्था गम्भीर भएको र इलाममा सुविधा सम्मपन अस्पताल नभएकाले डा. केसीलाई अनशनको १०औँ दिन राति सेनाको नाइटभिजनबाट काठमाडौं ल्याइएको थियो। अहिले डा. त्रिवि शिक्षण अस्पतालस्थित केसीले गणेशमान सिंह भवनको दोस्रो तलाको साधारण कोठामा अनशनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.