|

काठमाडौं : स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको प्रशासन समूहका सचिव चन्द्रकुमार घिमिरेले बुधबार पदबहाली गरेका छन्।

दिउसो साढे २ बजे मन्त्रालय पुगी उनले पदवहाली गरेका हुन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका सचिव घिमिरेलाई स्वास्थ्यको प्रशासन समूह र स्वास्थ्यको प्रशासन समूहमा रहेका सचिव केदारबहादुर अधिकारीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।

सर्वोच्चको आदेशपछि डा. चौधरी स्वास्थ्यमै पुनर्वहाली भएपछि दुई सचिव भएका थिए। जिम्मेवारी बाँडफाँडका क्रममा अधिकारीलाई प्रशासन र डा. चौधरीलाई अन्य कार्यक्रम हेर्ने गरी मिलाइएको थियो। अधिकारीकै स्थानमा मन्त्रालयको जनसंख्या विभगको जिम्मेवारी समान्ने गरी अधिकारी आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.