दमक (झापा) : झापाको दमक ६ रातो पूलमा बुधबार बिहान छोराले कुटेर बाबुको हत्या गरेका छन्। घरायसी विवादका क्रममा १८ वर्षीय छोरा विशाल न्यौपानेको कुटाइबाट बाबु ५८ वर्षीय राजन न्यौपानेको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय दमकका अनुसार करीब साढे ११ बजे भएको सो कुटपिटपछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएका बाबु राजनको करीब डेढ बजे उपचारकै क्रममा मृत्यु भएको हो। घटनामा संलग्न विशाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन्। उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।