|

संखुवासभा : खाँदबारी नगरपालिकाले  जनप्रतिनिधिलाई कम्प्युटर दक्षता लागि १ महिने दिने आइटी तालिम दिन थालिएको छ। कम्प्युटर तालिम लिन नगर प्रमुख र उपप्रमुखसमेत उपस्थित हुने गरेका छन्। प्रविधिमैत्री बनाउन नगरपालिकाले वडाका अध्यक्ष र कार्यपालिका सदस्यलाई १ महिने तालिम सञ्‍चालन गरेको हो। व्यावहारिक मात्र नभई प्रविधिसम्बन्धी ज्ञानमा सक्षम बनाउन जनप्रतिनिधिलाई कम्प्युटर तालिम दिइएको खाँदबारी नगरपालिका जानकारी दिएको छ।

नेपालमा सूचना प्रविधिको विकास भइसक्दा पनि प्रविधिको ज्ञान सिप नभएकाले जनप्रतिनिधिलाई कम्प्युटर तालिम दिन थालिएको नगरपालिकाले जनाएको छ। प्रविधिको बारेमा अनविज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इमेल, इन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन नगरपालिकाले ११ वटै वडाका  जनप्रतिनिधि र कार्यपालिकाका सदस्य गरी २१ जनालाई तालिममा सहभागी गराइएको नगर कार्यपालिकाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.