|
फाइल फोटो

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध नाराबाजी लगाउँदै बुधबार पनि काठमाडौंमा प्रर्दशन गरेको छ।

निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको तथा जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोजेको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजीसहित विरोध प्रर्दशन गरेको हो।

पटक–पटक आग्रह गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेपछि सडक संघर्षमार्फत् सरकारलाई दबाब दिन सुरु गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए। प्रर्दशनमा नेविसंघका नेता, कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए।

नेविसंघले आफूहरुको मागलाई सम्बोधन गराउन सरकारलाई सडक आन्दोलनबाटै बाध्य बनाउने चेतावनी पनि दिएको छ। गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न पछि हटेको आरोप लगाउँदै नेविसंघले सो सहमति अक्षरशः पालना गर्न पनि सरकारलाई मंगलबारबाट पुनः दवाव दिन सडक संघर्ष सुरु गरेको हो। प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.