प्रदेश सरकारलाई स्वास्थ्य संस्थाको स्वामित्व हस्तान्तरण

|
File Photo

काठमाडौं : सरकारले हरेक प्रदेशमा एक-एक वटा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक प्रदेशमा गुणस्तरीय प्रविधिसहितको ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताए। उनले भने 'हामीले गुणस्तरसहितको हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी अगाडि बढाएका छौँ।' मन्त्रालयमा नियमित पत्रकार भेटघाट कार्यक्रमा यादवले सो कुरा बताएका हुन्।

यस्तै सो कार्यक्रमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डा. केसीले उठाएको एउटामात्रै विषय एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने विषयमा अड्किएको बताए। ‘अहिलेसम्म २ वटा विश्वविद्यालयले मात्रै सम्बन्धन दिन सक्छन् तर ती दुईवटैले पाँच कलेजलाई दिइसकेका छन्,’ राज्यमन्त्री यादवले भने । त्यही प्राविधिक कुराले सरकार अप्ठ्यारोमा परेर सम्बन्धन खोलिएको भनाइ राज्यमन्त्रीको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार विशेष कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई स्वामित्व हस्तान्तरण गर्नेछन्। सरकारले सातै प्रदेशभित्रका अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्दैछ। स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी सातै प्रदेशका सामाजिक विकासमन्त्रीलाई अस्पताल हस्तान्तरण गर्न लागिएको हो।

मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरी उपप्रधान एवं स्वास्थ्य जनसंख्या मन्त्री यादवले सातवटै प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरू ,क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रहरू, क्षेत्रीय मेडिकल स्टोरहरू, उप-क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रहरू, जिल्ला जनरस्वास्थ्य कार्यालयहरू, तोकिएका क्षेत्रीय अस्पतालहरू, तोकिएका उप-क्षेत्रिय अस्पतालहरू ,तोकिएका अञ्चल अस्पतालहरू, जिल्ला अस्तापलहरू, क्षेत्रीय आयुर्वेद चिकित्सालयहरू, अञ्चल आयुर्वेद औषधालयहरू र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुलाई लिखित रुपमा हस्तान्तरण गरेका हुन्। साथै प्रदेश कानुन नबनेसम्म यस मन्त्रालयले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ नियम १२९ को उपनियम ९२० बमोजिम सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई प्रत्यायोजन गरिएको  छ।

तर प्रदेश १ मा रहेको कोशी अञ्चल अस्पताल,  गजेन्द्रनारायण अस्पताल,  नारायणी उप-क्षेत्रीय अस्पताल, प्रदेश ३ को भरतपुर अस्पताल,  प्रदेश ५ को भेरी अञ्चल अस्पताल र सुदूरपश्चिमको डडेलधुरा उप क्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण गरिएको छैन। अस्पताललाई  टर्सरी हस्पिटलका रुपमा विकास गर्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.