|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको आगामी बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने बताएका छन्। उनले अनशनमा रहेका डा. गोविन्द केसी गलत बाटोमा रहेको पनि बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने संसद बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने दाबी गरे। संसदमा प्रतिपक्षी दल कांग्रेसले गरेको विरोधका कारण यसअघि दुईपटक उक्त प्रस्ताव प्रस्तुत गर्ने प्रयास असफल भएको छ। अबको बैठकमा पनि विरोध जारी रहने कांग्रेसले जनाएको छ।

सांसद भट्टराईले भने अबको बैठकबाट विधेयक पारित हुने दाबी गरका हुन्। ‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौँ। मन्त्रीलाई रोस्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुन्छ। पास पनि हुन्छ।’

भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला पनि त्यसरी नै विधेयक पारित गरिएकाले अबको बैठकमा सोही अनुसार विधेयक अगाडि बढ्ने बताए। उनले कांग्रेसले संसदको खिल्ली उडाएको आरोप लगाएका छन्। उनले भने, 'संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यायवाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन हुँदैन।'

सांसद भट्टराईले डा. गोविन्द केसीको अनशन गलत भएको पनि दाबी गरेका छन्। उनले भने, ‘डाक्टर केसी गलत हुनुहुन्छ। अब उहाँ पछि हट्नुको विकल्प छैन्। किनभने उहाँले उठाउनुभएको सबै माग विधेयकमा समावेश भैइसकेका छन्।' द्वन्द्वकालिन मुद्दा उठाएर केसीले गल्ती गरेको पनि उनको तर्क थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.