|
File Photo

बागलुङ : मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदिी थुनिएको हो।

नदीभन्दा माथि जमिन भासिएर आएको पहिरोका कारण नदी केही समय थुनिए बग्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। चिरा-चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो। नदीको एकापट्टीको किनारमात्रै थुनिकाले कुनै खतरा भने नरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नदी थुनिएको ठाउँमा नेपाल प्रहरीका प्रहरी निरीक्षक थम्मन बहादुर रजालीको नेतृत्वमा ९ जना प्रहरीको टोली र  नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन्। घटनास्थलमा पुगेका रजालीका अनुसार स्काभेटर मगाएर नदी खुलाउने कार्य भइरहेको छ।  पहिरोसँगै झरेको रूख हटाएपछि नदीले माटो बगाउन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.