काठमाडौं : उपत्यका नजिकका डाँडा चन्द्रगिरी र फुल्चोकीमा बुधबार बिहानदेखिनै हिउँ पर्न थालेपछि हिउँ खेल्न जानेको घुइँचो लागेको छ। ललितपुरको फुल्चोकीको डाँडामा बुधबार बिहानदेखि दिउँसो दुई बजेसम्म करिब पाँच हजार हाराहारीमा युवकयुवती हिउँ खेल्न गएको इलाका प्रहरी कार्यालय गोदावरीका प्रहरी निरीक्षक श्याम कटुवालले बताए।
यसमध्ये अधिकांश युवकयुवती बाटोको भिडभाड र सवारी साधानको जामले आधा बाटोबाटै फर्किन बाध्य भएको प्रहरीको भनाइ छ। उपत्यकामा हिउँदे वर्षासँगै उच्चडाँडामा हिउँ पर्ने गर्छ। फुल्चोकी ललितपुर गोदावरी बसपार्कबाट १५ किलोमिटर उचाइमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।