|
File Photo

काठमाडौं : सामान्य भनाभन हुँदा स्थानीयलाई निर्घात कुटपिट गर्ने प्रहरी जवान निलम्बित भएका छन्। बागलुङको गल्कोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले निलम्बन गरेको हो।

पुष २९ गते इलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेम सिंहविष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि विभागीय कारवाही अनुरूप दुवैजनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बताए।

ड्युटीमा खटिएको प्रहरीले सर्वसाधारणको सुरक्षा गर्नुपर्ने ठाउँमा सामान्य विषयमा अनुचित क्रियाकलाप गरेको पाइएपछि सोमबार विभागीय कारवाहीअनुसार उनीहरूलाई निलम्बन गरिएको रेग्मीले बताए। उनले दुवैजनालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समेत बताए। घाइते बस्नेतको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.