|

हेटौँडा : मकवानपुर प्रहरीले १८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ।

प्रहरी निरीक्षक मधु अधिकारी नेतृत्वमा मोबाइल खोजी गर्न प्रहरीले प्रहरीको टोली नै परिचालन गरेको जनाएको छ। विभिन्न ब्राण्डका मोबाइलहरू १२ हजार रुपैयाँदेखि ३६ हजार रुपैयाँ मूल्यसम्मका रहेको प्रहरीले जनाएको छ। करिब तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको बताइएको छ।

प्रहरीले जिल्लाभित्रका १३ जना र जिल्लाबाहिरका ५ जनाको मोबाइल खोजी गरी फिर्ता गरिदिएको हो। प्रहरीले हेटौँडा–३ की जमुना लामा, हेटौंडाका बद्री बिक्रम थापा, शिवशरण साह, हेटौंडा–७ का प्रकाश कुमार चौलागाई, हेटौंडा–१९ का सुमन अधिकारी, हेटौंडा–१ की प्रमिला श्रेष्ठ, हेटौंडा–९ की मन्जु श्रीपाली, हेटौंडा–८ की सीता खड्का, हेटौंडा–३ का प्रवेश राई, हेटौंडा–५ का विकास कुमार बानियाँ, हेटौंडा–१५ का सुरज नेपाली, हेटौंडा–१ का मंगल बहादुर थिङ, हेटौंडा–१२ का धर्मराज अधिकारी र मकवानपुरगढी गाउँपालिका–८ का राज प्रकाश भण्डारीको मोवाईल फेला पारी फिर्ता गरेको छ।

यस्तै नुवाकोट जिल्ला सुनखानी–२ का शिवराज गुरुङ, रौतहट जिल्ला देवाई गोनाही–५ का दीपेन्द्र कुमार साह, चितवन जिल्ला राधापुर–१४ का प्रकाश सापकोटा र पर्सा जिल्लाका समिर अहमदले हराएका मोवाईल फिर्ता पाएका छन्।

प्रहरीले यसअघि पनि विभिन्न समयमा हराएको मोबाइल फिर्ता गरिसकेको छ। प्रहरीले दूरसञ्चारसँगको सहकार्यमा हराएको मोबाइल खोजी गर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.