|

कैलाली : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद  आइसिसीले मान्यता दिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्तिमार्फत प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको छ।

प्रतियोगिता यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ। एकेडेमीका अध्यक्ष सुवाश शाहीले जारी गर्नुभएको विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ। डिपिएल आयोजकले २० हजार डलर बुझाएर आइसिसीको मापदण्डहरु पुरा गरेपछि मान्यता पाएको हो।

देशकै सर्वाधिक पुरस्कार राशीको डिपीएलको तेस्रो संस्करणमा पनि ६ टोली सहभागी छन्। धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेडले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीमा आवद्ध गरिसकेका छन्।

टी—ट्वेन्टी फम्र्याटको प्रतियोगितामा १९ खेल हुनेछ। लिग चरणमा प्रत्येक टिमले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ।  पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.