|
प्रतीकात्मक तस्बिर

इलाम : इलाम नगरपालिका–९ मा निर्माणाधीन सुकिलुम्बा विमानस्थलमा राखिएको स्काभेटरमा आगलागी भएको छ। एयरर्पोट बनाउने क्रममा ३/४ महिनाअघि बिग्रिएर थन्किएको Sumotumo CR 130  मोडलको स्कोभेटरमा साढे ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

आगलागीको जानकारीपछि तत्काल प्रहरी चौकी गोलखर्कबाट प्रहरी सहायक निरिक्षक र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईको नेतृत्वका खटिएको टोलीले दमकलको सहयोगमा  नियन्त्रणमा लिएको छ। आगलागी भएको स्कोटेभर पूर्ण रुपमा जलेको छ।

स्कोभेटरमा के कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका हवलदार विजय राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.