बिहीबार औपचारिक निर्णय

|

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने तयारी गरेको छ । केन्द्रीय समिती बैठकको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भेला भएका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकारविरुद्ध कडा संघर्षमा उत्रने तयारीबारे छलफल गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार भोली बस्ने केन्द्रीय समिती बैठकले सरकारविरुद्ध संघर्षको औपचारीक निर्णय गर्नेछ । दुई अस्पतालको बिषयलाई लिएर सदन अवरोध गरिरहेको कांग्रेसले यही बिषयमा सरकारको प्रतिक्रिया कुरीरहेको छ । “दुई अस्पतालको बिषय नटुँग्याएसम्म सदन चल्न दिईन्न, त्यसपछि शिक्षा विद्येयकको कुरा छ" नेता पौडेलले थाहासँग भने "अब सरकारको कुरा पर्खने भन्दा पनि सदनदेखी सडकसम्म संघर्ष गर्ने बिषयमा भोली निर्णय हुन्छ ।”

कांग्रेस पदाधिकारीहरुले भातृसंस्था नेपाल विद्यार्थी संघको पदावधि समाप्त भईसकेको कार्यसमितीका बिषयमा पनि अझै सहमती जुटाउन सकेका छैनन् । नेविसंघको कार्यसमितीको म्याद यही माघ २ गते नै सकिएकाले कांग्रेसले भोली बस्ने केन्द्रीय समितीबाट निर्णय लिन लागेको छ । तर नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा पार्टीका शिर्ष नेताहरुवीच झै मतभेद कायमै छ ।

बुधबार बसेको पदाधिकारीको बैठक समेत निष्कर्षमा पुग्न नसकेपछि यही बिषयमा केन्द्रीय समिती बैठकमा समेत तनाब हुने संकेत देखिएको छ । नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११ औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । कूल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका सङ्घका नेता प्रेम जोशीले जानकारी दिनए । केन्द्रीय समितीको बैठकमा नेविसंघको एजेन्डासहीत महासमिती बैठकले पारित गरेको पार्टीको विधान, समयसामयिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनए। बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बतए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.