|

हेटौंडा : हेटौंडामा जारी साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

 बुधबार भएको खेलमा नेपाल आर्मी क्लब र प्रदेश ३ विजयी भएसँगै अन्तिम चार समीकरण पूरा भएको हो। अब फाइनल प्रवेशका लागि बिहीबार नेपाल आर्मीले प्रदेश ४ र प्रदेश ३ ले प्रदेश ७ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।

हेटौंडा–११ स्थित दंगा नियन्त्रण गणको खेल मैदानमा नेपाल आर्मीले प्रदेश ७ लाई ५–० र प्रदेश ३ ले प्रदेश ४ लाई २–१ गोलअन्तरले पराजित गरेको हो। एकपक्षीय खेलमा आर्मीको तर्फबाट आर्मीले सीतामाया बलको गोलबाट अग्रता लिएको थियो। उनले १८ औं मिनेटमा गोल गरिन् । आर्मीका सरिता मेचेले २७ र ४५ औं मिनेटमा गोल गरिन्। आर्मीकै सीताकुमारी चौधरीले ५२ औं र मञ्जु विष्टले ५५ औं मिनेटमा गोल गरिन्। खेलमा प्रदेश नम्बर ७ ले खासै राम्रो मुभहरू बनाउन सकेन।

प्रदेश ३ र ४ बीचको खेल भने प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा अग्रता भने प्रदेश ३ ले लियो।   प्रदेश ३ की अनिता श्रेष्ठले ९ औं र २२ औं मिनेटमा गोल गरिन्। प्रदेश ४ की सोनु बरालले खेलको २६ औं मिनेटमा गोल गर्दै अन्तरलाई केही कम गरिन्।

प्रतियोगितामा विभागी टोली नेपाल आर्मीसहित पाँचवटा प्रदेशको सहभागिता रहेको थियो। नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितालाई आगामी वर्षदेखि  निरन्तरता दिने पक्षमा आयोजक रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.