|

रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पहिलोपटक अपांगता परिचयपत्र वितरण शुरु गरेको छ। साविकको महिला तथा बालवालिका कार्यालय खारेज भइ स्थानीय तहलाई उक्त अधिकार प्राप्त भएपछि नगरपालिकाले पहिलोपटक अपांगता परिचयपत्र वितरण कार्य शुरु गरेको हो।

नगर उपप्रमुख प्रेमकुमारी केसीअनुसार नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरूप नै अपांगता परिचयपत्र वितरण कार्य शुरु गरिएको बताइएको छ। वितरण कार्य शुरु भएसँगै मंगलबार नगरपालिकाभित्रका ३१ जना अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र दिइएको केसी बताइन्। जसअन्तर्गत १२ महिला र १९ पुरुषलाई विभिन्न वर्गको अपांगता परिचयपत्र वितरण गरिएको छ।

नगरपालिकाले पहिलोपटक (क) वर्गको २, (ख) वर्गको ८, (ग) वर्गको १७ र (घ) वर्गको ४ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ। नगरपालिकाले अबदेखि कार्यालयबाट हरेक महिनाको ६ गते अपांगता परिचयपत्रसमेत वितरण गर्ने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.