काठमाडौं : गायक तथा संगीतकार कन्काइष्ट राईको स्वर रहेको ‘अरुकै सिन्दुरले सजिए पनि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो युट्यूबमा सार्वजनिक भएको छ।
एल्बम ‘नशा’को शीर्ष गीतको यो भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता पुष्प खड्काको अभिनय रहेको छ। साथमा पवन भट्टराईलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।
गीतमा आफ्नी प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुँदा उत्पन्न हुने भाव व्यक्त गरिएको छ।
यो गीतका शब्द नरेन्द्र खनालका हुन् भने राईले स्वर र संगीत दिएका छन्। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।