|

काठमाडौं : प्रजातन्त्रको भविष्य निर्धारण शीर्षकको सेसनमा सहभागी प्रधानमन्त्री केपी ओलीलाई अर्का ‘प्यानलिस्ट’ तथा द न्युयोर्क टाइम्सका प्रकाशक आर्थर ग्रग सुल्जबर्गरले सोधे, ‘संसारमा शक्तिमा भएका नेताहरूले स्वतन्त्र आलोचनालाई प्रतिबन्ध लगाइरहेका छन्। डोनाल्ड ट्रम्पले फेक न्युज भन्ने गरेका छन् । सरकारहरूले वास्तविक समाचारलाई नै प्रतिबन्ध लगाइरहेका छन् । त्यसले स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको छ। 

तपाईँको देशमा प्रेस स्वतन्त्रताविरोधी कानुन पारित भएको छ। नयाँ कानुनले समाचार संकलनलाई अत्यन्तै औपचारिक (फर्मलाइज) बनाएको छ । व्यक्तिगत सूचना प्रकाशन गर्न अनुमति लिनुपर्ने नियम बनाइएको छ, सरकारी अधिकारीलाई आलोचना गर्न केही हदसम्म प्रतिबन्ध लगाएको छ।’

नयाँ पत्रिका दैनिक लेख्छ, जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘हामीकहाँ प्रजातन्त्र छ, संविधान छ । सबैले संविधानअनुसार काम गर्नुपर्छ। प्रजातन्त्र सबैका लागि हो, प्रेसमा संलग्न मानिसका लागि मात्रै होइन। प्रेस स्वतन्त्र हुनुपर्छ, तर उसले अरूको जीवन, प्रतिष्ठा, व्यवसायको पनि ख्याल गर्नुपर्छ।’

‘मिडियालाई नियन्त्रण गर्ने वा प्रतिबन्ध लगाउने हाम्रो कुनै नियत छैन । त्यस्ता कुनै काम भएका छैनन्। नेपालमा प्रेस पूर्ण रूपमा स्वतन्त्र छ। प्रतिबन्धको कुनै प्रश्न नै हुँदैन। तैपनि, स्वतन्त्रताका नाममा कसैले गलत समाचार दिन्छ र अरूलाई क्षति पु¥याउँछ, कसैको निजी जीवनमा बाधा सिर्जना गर्छ, कसैको इज्जतमा दाग लगाउँछ, कसैको व्यवसायमा क्षति पुर्‍याउँछ भने त्यो राम्रो होइन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.