|

हेटौँडा : प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था तथा सेवा कार्यालय स्थापना भएसँगै हेटौँडामा बुधबारदेखि सवारीसाधन दर्ता सुरु भएको छ। यसअघि प्रदेश तहबाट मोटरसाइकल दर्ता सुरु गरिए पनि पहिलो पटक यस कार्यालयबाट दुई, तीन र चार चक्के सवारीसाधनको दर्ता सुरु भएको हो।

प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाको नाममा दर्ता रहेको प्रदेश ३-०३-००१-झ-०००१ नम्बरको विद्युतीय कारको मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरी सेवा उद्घाटन गर्नुभएको हो। कार्यालय उद्घाटनसँगै एक निजी र एक भाडाका सवारीसाधन दर्ता गरिएको छ ।

काठमाडौंबाहिर पहिलोपटक हेटौँडा कार्यालयले अनुमतिपत्र नवीकरण, नयाँ अनुमतिपत्र वितरणका साथै नयाँ संरचनाअनुसार सवारी दर्ता थालेको कार्यालयका प्रमुख पोषण थापाले बताए। यससँगै अब कार्यालयबाट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान गर्ने सेवा प्रदान हुने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.