|

स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना कोपा डेल रे फुटबलमा भने पराजित हुन पुगेको छ। कोपा डेल रे अन्तर्गत सेभियासँग भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग २–० ले पराजित भयो।

बार्सिलोना आफ्ना स्टार स्ट्राइकर लियोनेल मेसी बिना मैदानमा उत्रिएको थियो । उसलाई सेभियाका पाब्लो साराविया र विसाम विन यडरले गोल गोल गर्दे खेलमा पछि पारे। मेसिसँगै लुइस स्वारेज र फिलिप कौटिन्होलाई समेत मैदानमा उतारेन्। सेभियाको मैदानमा बल पोजेसनमा पकट कायम गरेको बार्सिलोनाले कुनै चमत्कारिक नतिजा निकाल्न सकेन्।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफ बार्सिलोनाका लागि बिर्सन लायक रह्यो। ५८औं मिनेटमा पाब्लो सारावियाले क्वीन्सी प्रोमिसको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाउँदा ७६औं मिनेटमाविसाम विन यडरल गोल गर्दै सेभियालाई २–० को प्रभावसाली जित दिलाउन सफल भए।

बार्सिलोनाले दोस्रो हाफमा लुइस सुआरेज र फिलिप कौटिन्होलाई मैदानमा पठाएपनि टोलीको हार टार्न सकेन। यो खेलमा भर्खर मात्र अनुबन्धित भएका केभिन प्रिन्स बोएटिङले पहिलो रोजाईमा खेलेपनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्। जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ। दोस्रो लेगमा बार्सिलोनालाई रोक्न सके सेभिया अन्तिम चारमा प्रवेश गर्नेछ। बार्सिलोनालाई सेमिफाइनल पुग्न कम्तीमा ३–० को जित निकाल्नु पर्ने हुन्छ। दोस्रो लेग अर्को साता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.