|

म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको फाइनल प्रवेश गरेको छ। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेग फुटबलमा बुर्टोन अल्बियनलाई १–० ले पराजित गर्दे सिटीले समग्रमा १०–० को एकपक्षिय जित निकाल्यो।

अल्बियनको घरेलु मैदान पिरेली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अगुइरोले गरेको एकमात्र गोल निर्णायक बन्यो। खेलको २६ औ मिनेटमा उनले दोस्रो लेगमा भएको एकमात्र गोल संभब बनाए। यसअघि पहिलो लेगमा सिटी ९–० ले विजयी भयो।

अब सिटीले फाइनलमा चेल्सी र टोटेनहमबीचको विजेतासँग प्रतिर्स्धा गर्ने छ। दुई टोलीबीचको पहिलो लेगमा टोटेनहम १–० ले अघि रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.