|

अत्याधुनिक अस्त्रको प्रतिस्पर्धामा विश्वका तीन शक्तिराष्ट्र अमेरिका, चीन र रुसको होडबाजी चलिरहेको छ। चीनले भने आफ्ना सेनालाई अत्याधुनिक बनाउन सन् १९९० देखि सबैभन्दा धेरै खर्च गरिरहेको छ। 

आर्थिक समृद्धिमा सुस्त रहेको चीनले रक्षा प्रणालीलाई सुधार गर्नका लागि पञ्चवर्षीय योजनामा टेवा पुगेको अमेरिकी रक्षा सूचना एजेन्सीले निकालेको प्रतिवेदनमा उल्लेख छ। 

चीनले बनाएका तीन अस्त्र, जो विश्वका शक्तिराष्ट्रहरूको टाउको दुखाइको विषय बनेको छ। 

१ समुन्द्री अस्त्र

हालै मात्र चीनले एउटा  समुन्द्री अस्त्र बनाएको छ जो आवाजको भन्दा छिटो गतिमा प्रहार गर्न सक्छ। जहाजमा जडान गरिएको यो अस्त्रले विद्युत् चुम्बकीय शक्ति प्रयोग गरेर प्रतिसेकेण्ड २‍.५ किलोमिटरको गतिमा २०० किलोमिटर परको लक्ष्यमा प्रहार गर्न सक्छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार उक्त अस्त्र सन् २०२५ सम्ममा तयार हुने जनाइएको छ। 

आवाजभन्दा तेज विमान

अमेरिका र रुसले जस्तै आवाजभन्दा तेज हतियार विकास गरिरहेको छ। सन् २०१८ को अगस्टमा चीनले संसारको कुनै पनि मिसाइल प्रणालीलाई मार हान्न सक्ने आवाजभन्दा तेज गतिको विमान परीक्षण गरेको छ। यो विमान आकाशमा उडेर आफैले उत्पादन गरेको तरंगबाट तेज गतिमा अगाडि बढ्छ।

रुस र अमेरिकाले पनि यस्ता अस्त्र विकास गर्न खोजिरहेका छन्।  सन् २०१७ मा चीनले आवाजभन्दा तेज गतिको मिसाइल डीएफ १७ घोषणा गरेको थियो जसको प्रक्षेपण क्षमता १,८०० देखि २,००० किलोमिटर रहेको छ।

ठूलो बम

अमेरिकाले 'मदर अफ अल बम' नाम दिएको ठूलो बमजस्तै बम चीनसँग पनि छ। अघिल्लो महिना मात्रै चीनले आकाशबाट खसाल्न मिल्ने बमको प्रदर्शन गर्‍यो। 

चीनले यसलाई सबैभन्दा शक्तिशाली गैरपारमाणविक अस्त्र भनेर दाबी गरेको छ। अमेरिकाकोभन्दा सानो देखिए पनि यो विशाल रहेको र बमवर्षक विमानले एक पटकमा एउटा मात्रै बोक्न सक्ने बताइएको छ। रुससँग पनि फादर अफ अल बम नाम दिइएको विशाल बम छ, जुन अमेरिकाको भन्दा ठूलो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.