|

कञ्चनपुर : कञ्चनपुर कारागारमा क्षमताभन्दा तीन गुणा कैदी भएपछि सुत्नका लागि ठाउँ अभाव भएको छ। ९५ जना क्षमता रहेको कारागारमा २९५ जना कैदी राखिएको छ। कारागारमा ७५ जना पुरुष र २० जना महिला कैदी बन्दी राख्ने क्षमता छ। 

क्षमताभन्दा बढी कैदी भएपछि सुत्नका लागि ठाउँ अभाव भएको कारागारका प्रमुख  श्यामप्रसाद भट्टले बताए। ‘कैदी बन्दीलाई राख्न भवनको अभाव छ,’ उनले भने, ‘त्यसैले ग्यालरी र भान्सा घरमा सुत्नका लागि राख्नु परेको छ।’ 

भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा अवगत गराए पनि कुनै सुनवाइ नभएको कारागार प्रमुख भट्टको गुनासो छ। कारागारमा कैदीबन्दीहरुका लागि ओढ्ने ओछ्याउनको पनि समस्या रहेको थियो। तर, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले १०० थान कम्बल दिएपछि समस्या केही समाधान भएको कार्यालयले बताएको छ।

२०३२ सालमा निर्माण भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.