|
File Photo

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। पार्टी केन्द्रिय कार्यलय सानेपामा बस्ने बैठकमा पदावधि समाप्त भएको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधानबारे छलफल हुने भएको छ।

बैठकमा समसामयिक राजनीति विषयमा पनि छलफल हुने केन्द्रिय सदस्य मिन विश्वकर्माले जानकारी दिए। नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते सकिएको छ। काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल चलिरहेको छ।

नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.