|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाको फापरबारी क्षेत्रको पर्यटन विकासका लागि हेटौंडा राइडर्स क्लवले अगुवाइ गर्ने भएकाे छ।

 हेटौंडाबाट वागमती गाउँपालिकाको फापरबारीसम्म ‘टुर दि फापरबारी–२०१९’ को आयोजना गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन लागिएको हो। क्लबका अध्यक्ष विकास ताम्राकारले वागमती गाउँपालिकाको पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। उनले ‘टुर दि फापरबारी–२०१९’ मा करिब १ सय ५० साइकलयात्री सहभागि हुने समेत जानकारी दिए।

माघ ११ गते हेटौंडाबाट सुरु हुने यात्रा सोहि दिन फापरबारीमा पुग्ने छ। फापरबारीमा पुगेर बागमती गाउँपालिकाको पर्यटन संभावना भएका स्थलहरुको अवलोकन पछि  माघ १२ मा हेटौंडामा फर्किएर यात्रा समापन गरिने ताम्राकारले जानकारी दिए।  कार्यक्रमबाट आफूहरुले सामजिक सञ्जाल, विभिन्न मिडियामार्फत बागमती गाउँपालिकाको पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्ने उनकाे भनाइ थियाे। कार्यक्रमलाई बागमती गाउँपालिकाले पनि सहकार्य गरेको छ। बागमती गाउँपालिकामा रहेको ऐतिहासिक स्थलहरु, युद्धको समयमा चर्चामा आएका स्थलहरुलगायतको क्षेत्रमा भ्रमण गरिने आयोजकले जनाएको छ।

हेटौँडा राईडर्स क्लबका सस्ंथापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरीले मकवानपुरलाई साकइलबाट चिनाउने प्रयास भइरहेको बताए। कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सले प्रत्येक राईडरको दुई लाख रुपैयाँ बराबरको दूर्घटना बिमाको सम्झौता समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.