|

बैतडी : दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको दशरथचन्द माविमा स्थापित शिक्षक–विद्यार्थी  हितकोषबाट विद्यार्थीलाई पोशाक वितरण गर्ने गरिएको छ।

विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो तलबबाट मासिक १०० रुपैयाँ जम्मा गरेर शिक्षक–विद्यार्थी  हितकोष स्थापना गर्ने गरेका हुन्। दशरथचन्द मावि सुनदरखालीमा २० जना शिक्षक कार्यरत रहेकोमा मासिक दुई हजार कोषमा  जम्मा हुने गरेको छ।  

शिक्षक–विद्यार्थी  हितकोषमा जम्मा भएको रकमले विद्यालयमा अध्ययरत गरिब तथा असहाय ४८ विद्यार्थीलाई हरेक वर्ष पोशाक वितरण गर्ने गरिएको विद्यालयमा प्रधानाध्यापक तेजप्रकाश भट्टले जानकारी दिए।  

गतवर्ष स्थापना गरिएको कोषबाट यो वर्ष दुई विद्यार्थीलाई पुरै पोशाक र ४६ जनालाई आवश्यकता अनुसार जुत्ता तथा स्वीटर वितरण गरिएको उनले बताए। विद्यालयको वार्षिकोत्सव समारोहमा उनीहरुलाई पोशाक वितरण गर्ने गरिएको छ। गरिब तथा असहाय विद्यार्थीको घरको आर्थिक अवस्था कमजोरले किन्न नसिक्ने भएकोले विद्यालयले उनीहरुलाई पोशाक दिने गरेको हो। 

२०१३ सालमा स्थापना भएको दशरथचन्द मावि सुन्दरखालीमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ। उक्त विद्यालयका हाल ३२७ विद्यार्थी अध्ययनरत छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.