|

अमेरिकाले भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिए। 

भेनेजुयलाका हजारौं नागरिक वर्तमान राष्ट्रपति निकोलस माडुरोविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको नेतृत्व विपक्षी नेता खुआन गोइदोले गरेका छन्। उनले बुधबार काराकासमा आफैंलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका थिए। 

‘मुडुरोको सरकारको कारण भेनेजुयलाका नागरिकले धेरै लामो समयदेखि अप्ठ्यारो परिस्थितिको सामना गर्नु परेको छ। आधिकारिक रुपमा राष्ट्रिय सभाका अध्यक्ष गोइदोलाई देशको अन्तरिम राष्ट्रपति स्वीकार गर्दछु।’ अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। विपक्षी नेता गोइदो हाल भेनेजुयलाको राष्ट्रियसभा अध्यक्ष हुन्। उनले  सरकारविरुद्ध अवज्ञा आन्दोलन सुरु गर्न आह्वान गरेका थिए।

यहि महिनाको शुरुमा निकोलस मडुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए। उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ। निकोलस माडुरोको नेतृत्वमा भेनेजुयला आर्थिक संकटमा गुज्रिएको छ। चर्को मूल्यवृद्धि तथा खाद्यान्न र औषधि अभावका कारण लाखौं जनता विस्थापित समेत भइसकेका छन्।

यसैबीच अर्गनाइजेसन अफ अमेरिकन स्टेटले पनि गोइदोलाई भेनेजुयलाको नेताको रुपमा स्वीकार गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.