|

उदयपुर : पछिल्लो समय ह्वात्तै बढेको चिसोले उदयपुरका विपन्न परिवार प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरका विपन्न परिवार पनि प्रभावित भएका हुन्।

जाडोबाट बच्न यस क्षेत्रका मुसहर, दलितलगायत विपन्न परिवारका केटाकेटी र युवाहरु पतकर, दाउरा खोज्न वन पस्न थालेका छन्। वृद्धावृद्ध परालको आगो तापेर दिन बिताउन बाध्य छन्। मुसहर वस्तीमा बिछ्याउने र ओढ्ने कपडा नहुँदा परालको ओछ्यान, गुन्द्री ब्छियाएर सुत्ने गरेका छन्। ‘मुसहर समुदायका अधिकांश मानिसहरु रातभरी जागा बसेर रात काटिरहेको छन्,’ त्रियुगा नगरपालिका–९ की लालो सदाले भनिन्, ‘स–साना केटाकेटीहरुलाई लगाउने कपडा नहुँदा दिसा पिसाव गरेको कपडा पखालेर आगोमा सेकाई लगाइदिने गरेका छौं।’

गाईघाट, कटारी, बेल्टारलगायतका क्षेत्रा बसोबास गर्ने गरिव, दलित, सस्मान्तकृत, मुसहर, डोम, चमार समुदायका मानिसहरु चिसोबाट बच्न बस्तीमा आगो तापिरहेको भेटिन्छ। चिसोका कारण जिल्ला अस्पताल बोक्सेमा बिरामीको चाप बढेको छ। रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी बढेको अस्पतालका प्रमुख डा. विष्णुबहादुर बस्नेतले जानकारी दिए। बिरामीमध्ये दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट प्रभाविजत छन्।

पछिल्ला दुई दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ। सरकारी कार्यालयमा सेवाग्राहीको संख्या पनि घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.