|

काठमाडौं :  साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्। 

 प्राध्यापक शर्माका छाेरा अष्ट्रेलियामा रहेकाेले उनी आउन्जेल पर्खिने भएकोले  उनकाे अन्त्येष्टि शनिबार मात्रै गरिने भएकाे छ। 

उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन्।

उनका चर्चित कृतिहरू नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना, जेमन्त र यमा,  बैकुण्ठ एक्सप्रेस नाटक, कोर्रा कथा संग्रहलगायत छन्।  शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.