|

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले अनशनरत प्राडा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गरेको छ। १६ औँ अनशनको १६ औँ दिनको दिन बिहीबार एक विज्ञप्ति जारी गर्दै गोदानले केसीको जीवनरक्षाको लागि आग्रह गरेको हो।

विज्ञप्तिमा उसले गुणस्तरीय चिकित्सा शिक्षाको सर्भसुलभताको लागि डा केसीले १६ औँपटक अनशन बस्नपर्नु दुर्भाग्यपूर्ण भन्दै स्वास्थ्य अवस्था थप जटिल भइरहेको अवस्थामा ठोस पहल नहुन दुखद रहेको जनाएको छ।

यस्तै संघले चिकित्सा शिक्षाकोबाहेका केसीका अन्य मागप्रति आफूहरूको कुनै धारणा नरहेको र चिकित्सा शिक्षाको बारेमा उठाइएका सबै मागप्रति आफूहरूको सधैँ समर्थन रहनेसमेत जानएको छ।

अध्यक्ष डा दीपेन्द्र पाण्डे द्धारा जारी विज्ञप्तीमा गोदानले डा केसीका विभिन्न चरणका अनशनमा राखिएका कतिपय मागका सम्वन्धमा आफ्ना फरक मतका बाबजुत सहमति र जीवन रक्षाका लागि निरन्तर दवाव दिइरहेको उल्लेख गरेको छ।संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा विरोध नगरेको गोदानले डा केसीको जीवन रक्षाका लागि विशेष जोड दिएको छ। उसले केही पक्षले डा केसीको अनशनलाई लम्व्याउन चाहेको संकेत गर्दै त्यसतर्फ सजक रहनसमेत सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

 १५ औँ अनशनमा आफू संग भएका सहमतीको आधारमानै चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने लगायतमा माग राख्दै डा केसी १६ दिन देखि १६औँ अनशनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.