|

सुर्खेत : कर्णाली प्रदेश सरकारको ३४ औं मन्त्रीपरिषद वैठकले विभिन्न चारवटा निर्णयहरू गरेको छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको प्रदेश अनुसन्धान व्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।  

त्यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै प्रस्ताव गरेको प्रहरी भवन निर्माण तथा सुधार गृह निर्माण सम्वन्धमा प्रदेश प्रहरीसँग समझदारी गरी कामलाई अगाडि वढाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

मन्त्री केसीका अनुसार समाजिक विकास मन्त्रालयले १० वटा एम्बुलेन्स खरिद गर्ने सम्बन्धमा भन्सार छुटका लागि नेपाल सरकार अर्थ मन्त्रालयलाई माग गर्ने निर्णय गरेको छ। 

यसै समाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्वयंसेवक परिचालन सम्बन्धि विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.