|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले नागरिकता विधेयकको टुंगो राजनीतिक सहमतिका आधारमा लगाउनुपर्ने बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाकाे राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता विधेयककाे टुंगो बहुमतका आधारमा लगाउनुपर्ने भन्दा पनि सबै राजनीतिक दलहरूमा सहमति खाेजिनुपर्ने बताएका हुन्। उनले भने, 'नागरिकता विधेयकको टुंगो लगाउनु पहिले राजनीतिक सहमति जरुरी छ। समितिको बहुमतबाट मात्रै जान ठीक हुँदैन। समितिकाे अधिकार प्रयाेग गराैँला तर जनतासँग सम्बन्धित विषय भएकाले राजनीतिक सहमति खाेज्नुपर्छ।'

राज्यव्यवस्था समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल भइरहेको छ। समितिले संशोधनका बुँदामा सहमति खाेजिरहेकाे छ। समिति सभापति शशी श्रेष्ठले नागरिकता विधेयक पारित गर्ने क्रममा राजनीतिक सहमति आवश्यक परे त्यसमा पनि जाने बताइन्। उनले भनिन्, 'सदस्य शर्माको कुरामा गम्भीर ध्यानाकर्षण भएको छ। अल्पमत र बहुमतबाट जाँदैनाै, आवश्यकता अनुसार राजनीतिक सहमति पनि खाेज्न तयार छाैँ।'

राज्यव्यवस्था तथा सुशासन समितिले उक्त विधेयकमाथि लामाे समययता छलफल भइरहेको छ। समितिमा अंगीकृत र वंशजकाे नागरिकता विवादकाे विषय बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.