|
फाइल फोटो

काठमाडौं : नेपाल सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई सेवा, सुविधासहित अनिवार्य अवकाश दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको गतहप्ता बसेको बैठकले जिर्ण अवस्थामा रहेको गोरखा नगरपालिका-१३, मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई अवकाश दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए।

२०७१ यता जिर्ण भएकाले कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउन लागिएको मन्त्री बाँस्कोटाले जानकारी दिए। उनले कर्मचारीहरूले बाँकी बक्यौता र उद्योगको नगद तथा जिन्सी सबै रबर उद्योगलाई बुझाएपछि सेवा र सुविधा पाउने बताए।

के सेवा र सुविधा दिन लागिएको र कति कर्मचारी रहेका छन् भन्ने कुरा भने बाँस्कोटाले खलाएनन्।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.