|

धनगढी : भारतले नेपालसँगको सीमानामा एकतर्फी निर्माण गरेको छ। भारतको यो बलमिच्याइ पहिलोपटक भने होइन।

नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय पक्षले सीमा क्षेत्रमा नाली निमार्ण गर्न लागेको छ।

कंचनपुरको पुनर्वास नगरपालिका- ११ डोकेबजार नजिक दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी नाली निर्माण गर्न थालेपछि स्थानीय जनताले विरोध जनाएका थिए।

दुदुवा राष्ट्रिय निकुञ्जको संरक्षणको लागि भन्दै भारतको वन विभागले नाली निर्माण गरिरहेको जनाएको छ। नेपाल-भारत सीमा क्षेत्रको गौरीफन्टा  नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१ र ७७३ देखि नेपाली पक्षसँग अनुमति नलिएर नाली निर्माण भइरहेको हो।

दुदुवा राष्ट्रिय निकुञ्जका वन रक्षक मनोज कुमारले चोरी शिकारी, अवैध तस्करी नियन्त्रण गर्न सो क्षेत्रमा नाली तथा तारजाली निर्माण गर्न लागिएको बताए। उनले भने, ‘आफनै सिमानामा जैविक मार्गलाई अप्ठ्यारो नपर्ने गरी सो नाली निर्माण गर्न लागिएको हो।’

नेपाल पक्षसँग छलफल नै नगरी नाली निमार्ण गरे पनि नेपाली प्रशासनले  नाली निमार्णमा रोक लगाएको छ। तीन चार दिनदेखि लगातार नाली निर्माणका लागि खाल्डो खनेको गुनासो आएपछि बिहीबार नेपाली सुरक्षा समितिले सो कार्य रोक्न अनुरोध गरेको थियो।

बिहीबार कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यस विषयमा थप छलफल गरेर मात्रै काम अघि बढाउँन अनुरोध गरेको  बताए। ‘उनीहरूले आफ्नै भूमिमा बनाइरहेका छन्, तर त्यसले हामीलाई कुनै असर गर्नुभएन’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘भोली कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी पुग्नुहुन्छ थप छलफल हुन्छ र यस विषयमा टुंगो लाग्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.