|

काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा पदर्शन भएको छ। प्रहरीले विभिन्न स्थानमा गरी ३० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ। डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै प्रदर्शनकारीहरूले संसद भवनअगाडि नाराबाजी गर्दै आएका छन्

पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठी, विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशी विक्रम कार्की, अजिता राई,डा दिनेश प्रसाईं, अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायत छन्। उनीहरूलाई हाल नेपाल पुलिस क्लब भृकुटीमण्‍डपमा राखिएको छ।

केसीको समर्थनमा नाराबाजी गर्ने एक दर्जन नेविसंघका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ।

संसद् भवन अगाडिबाट डा केसीका २५  समर्थक पक्राउ 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.