१ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च अनुमान

|

पोखरा : मोफसलमा हुने फुटबल टुर्नामेन्टमा सर्वाधिक चर्चामा रहने आहा-रारा गोल्डकपको १७ औँ सस्ंकरणको तयारी सुरु भएको छ। १७ औँ संस्करणको गोल्डकप आगामी फागुन ९ गते देखि १८ गतेसम्म चल्ने आयोजक साहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

अघिल्लो संस्करणसम्म १२ दिनसम्म चलेको आहारारा गोल्डकप यसपालि १० दिनमा खुम्चिएको छ। ‘यसपालिको आहारारा गोल्डकपको तयारी सुरु भएको छ,’ क्लबका अध्यक्ष केशवबहादुर थापाले भने, ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापीत गरौँ भन्ने नाराका साथ हामीले तयारी थालेका छौँ। पहिले पहिले १२ दिन सम्म चलेको टुर्नामेन्ट यसपाली १० सम्म मात्र चल्नेछ। एन्फाको तालीका अनुसार हामीलाई यसपाली १० दिनको डेट फिक्स गरेको छ। त्यसैले पनि दिन छोटियो।’

पहिलो हुने टिमलाई ८ लाख १ हजार

निर्माणाधिन पोखरा रंगशालामा चल्ने उक्त प्रतियोगितामा दर्शकका लागि अस्थायी प्याराफिटको ब्यवस्था गरिने थापाले बताए। ‘कृत्रिम रुपमा प्यारापिट मिलाएर लैजाने सोच बनाएका छौं,’ थापाले भने, ‘खेल रंगशालामा बाहेक अन्य विँकल्प हामीले सोँचेका पनि छैनौं। एन्फाले तपाइँहरुको खेललाई मध्यनजर गर्दै मैदान बनाउने काम भइरहेको बताएको छ। सोही अनुसार हामील अघि बढेका छौँ। यसपाली दर्शकले दुखकष्ट गरेर भए पनि हेर्नुहुनेछ। हामीलाई मायाँ गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ।’

त्यस्तै अध्यक्ष थापाले अहिलेसम्म प्रतियोगितामा सहभागि हुने क्लब तथा समुहको टुंगो नलागे पनि स्वदेशी तथा विदेशी प्रतिष्ठीत टिमको सहभागिता रहने बताए।  ‘अबस्य पनि राम्रो विदेश टिम आउनेछन्’ उनले भने, ‘प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विभागीय टिम, विदेशी टिमले खेल्नेछन्।’ हिमश्री फुड्स प्रालिले पोखरामा उत्पादन गरेर देशभरी ब्यापार फैलाउन सफल रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आहा रारा गोल्डकप हुँदै आइरहेको छ। गोल्डकपमा यो पटक पहिलो हुने टिमले ८ लाख १ हजार रुपैयाँ र दोस्रो हुने टिमले ४ लाख १ हजार रुपैयाँ पाउनेछन्।

१ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च अनुमान

प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३० लाख १ हजार रुपैयाँ गरिएको छ भने ९७ लाख ९८ हजार ९ सय रुपैयाँ अनुमानित खर्च गरिएको छ। ३२ लाख २ हजार १ सय रुपैयाँ बचत गर्ने अनुमान आयोजकले गरेको छ। उक्त बचेको रकम क्लवद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको लागि बनेको एकेडेमीमा खर्च गरिने बताइएको छ।

१७ औं संस्करण प्रतियोगिताको ट्रफि, मेडल, म्यान अफ दी म्याचको नगद पुरस्कारको प्रायोजना सहारा युकेले गरेको छ। यो वर्ष पनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५’ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबका सदस्य सचिव विश्वराज बरालले जानकारी दिए। उनका अनुसार सम्मानित खेलाडीले ३५ हजार, प्रमाणपत्र र दोसल्ला प्रदान आयोजकले जनाएको छ। उक्त गोल्डकप मोफेसलको अरूभन्दा भिन्न प्रतियोगिता रहेको प्रतियोगिताका प्रचारप्रसार संयोजक तथा पत्रकार नारायण कार्कीले बताए। गोल्डकपको लागि साहारा क्लब युके, तमुधी युके, साहरा अष्ट्रेलिया लगायतका ठाउँबाट सहयोग आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.