|

कपिलवस्तु : चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ। 

चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीचको सम्बन्ध स्थापित गर्न आफूहरु पनि तत्पर रहेको चीनको आन्हुइ प्रान्त सरकारका उपप्रमुख सोएओ गुहोईले बताए। 

लुम्बिनी र कपिलवस्तु भ्रमणका लागि आएको चिनियाँ टोली र वाणगङ्गा नगरपालिकाका कर्मचारी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिबीच भगिनी सम्बन्ध स्थापनाका लागि छलफल सुरु गरिएको हो। 

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले चीनसँग विकासमा सहकार्य पाए आफूहरुको नगरपालिकाले ठूलो आर्थिक, सामाजिक फड्को मार्ने बताए। यसका लागि चिनियाँ उच्च अधिकारीको सो टोलीले आफूहरुलाई भगिनी सम्बन्ध जोड्न निम्तो दिएको र चाँडैनै सम्बन्ध स्थापित गर्न कानुनी प्रक्रिया पूरा गर्न आफूहरु लाग्ने कार्यकारी अधिकृत खनालले बताए। 

चीनको आन्हुइ प्रान्तका वैदेशिक मामिलाकी उपमहानिर्देशक प्रमुख ह्वाङ इङसहित ६ जनाको टोली वुद्ध जन्मस्थलको वाणगङ्गा नगरपालिकामा सोमबार आएको थियो। चिनियाँ टोलीलाई वाणगङ्गा नगरपालिकामा भव्य स्वागत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.