|
निधन भएका एसपी पोखरेल

बारा : सवारी दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको निधन भएको छ।

शनिबार वनभोज मनाएर फर्किदै गर्दा पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको बस दुर्घटना हुँदा सोही बसमा सवार एसपी पोखरेलको निधन भएको प्रहरीले जानकारी दिएको छ।

कर्मचारी मिलन केन्द्रको आयोजनाको वनभोजमा सहभागी भएर फर्किएको ना १ झ १६३३ नम्बरको जीप दुर्घटनामा सिडिओ भट्टराई, बसका चालकसहित तीनजना घाइते भएका छन्।

पोखरेललाई बाराको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि पुर्‍याउँदा निधन भइसकेको थियो।

सिडिओ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ बारामा नै उपचार भइरहेको छ।

रोकिराखेको ट्याक्टरमा सिडिओ र एसपी सवार बस ठोक्किएर दुर्घटना भएको हो।b

दुर्घटनाका तस्बीरहरूः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.