|

जुम्ला : जुम्लामा  हिमपातका कारण  यातायात सेवा अवरुद्ध भएको छ। हिमाली जिल्ला जुम्लामा  एकसाता देखी हिमापात  नरोकिएपछि  यातायात सेवा अवरुद्ध भएका हुन्। लामो समयको हिमपातले गर्दा जुम्लाका व्‍यापारीहरु मर्कामा परेका छन्। हिमपातले जुम्ला जिल्ला ढाकिएको छ। यहाँको जनजीवन कष्टकर बनेको छ। जुम्ला सदरमुकाममा  ५ इन्चसम्म हिउँ जमेको छ भने अग्ला ठाउँहरुमा झण्डै  १ फिटभन्दा  बढी हिउँ जमेको छ।

हिमपातले हवाई उडान र यातायात सेवा अवरुद्द हुँदा   यात्रु अलपत्र परेका छन्। तर, आकाशे पानीको भरमा खेती गरेका कृषकहरु भने लगातारको हिमपातले अन्नबाली सप्रने आशाले हर्षित भएका छन्। हिउँदे बाली  जौँ, उवा, गहुँ र आलु हिमपातले सप्रने भएपछि कृषक उत्साहित बनेका हुन्। लगातारको हिमपातले नेपालगञ्जदेखि जुम्लासम्म आउने  यातायात सेवा र हवाई सेवा अवरुद्ध भएका छन्। हिमपात र वर्षाले बनपाखा भिजाएको कारण सडक माथिबाट ढुंगा तथा पहिरो खस्ने डरले यातायात बन्द भएको कर्णाली यातायात कार्यालय जुम्लाले जनाएको छ। 

यसैगरी, हिमपातकै कारण जुम्लामा व्‍यपार व्‍यवसायमा घाटा आएको पसल व्‍यावसायिक गर्दै आएका  नवीन सिहंले बताए। उनले भने, 'हिउँका कारण चिसो अत्यधिक मात्रामा बढेपछि पसलहरु ठप्प छन्। हिउँ जमेपछि नागरिकहरुको आगमान बन्द हुँदा  पसल  व्यवसायी मर्कामा छन्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.