|

पोखरा : पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तब्य मध्ये एक हो। पोखरा आएपछि फेवातालमा डुंगा शयर नगर्ने वा फेवाताललाई पछाडि पारेर फोटो नखिच्ने कमै हुन्छन्। तर, यहि फेवातालको आयु दिनानु दिन घटेकोमा कसैलाई वास्ता छैन। कसैकसैले त ‘फेवाताल  हैन यो त डम्पिङ साइट’ हो समेत भन्न भ्याएका छन्।

यहि फेवा ताललाई देखाएर पर्यटकहरूसँग पैसा लिइरहेका पोखराका पर्यटन व्यवसायीहरू पनि फेवाताल संरक्षण गर्नमा जागरुक भएको देखिँदैनन्। पोखराका लेक साइड क्षेत्रका अधिकांश होटलहरूले ढल फेवातालमै मिसाइरहँदा पनि पोखरा महानगरपालिका तै चुप मै चुपको अवस्थामा छ। जिल्ला समन्वय समिति, प्रदेश सरकार सबै अकर्मन्य अबस्थामा छन् ।

फेवातालको छेउको फुटपाथ भएर हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकको साथै उनै फोहोर फाल्नेहरू पनि नाक थुन्दै ओहोर दोहोर गर्नुपर्ने अवस्था छ। ड्याम साइड, हल्लनचोक, लेकसाइडका क्षेत्रमा धेरै फोहोर सिधै तालमा जाने गरेका छन्।

फोटाेमा हेर्नुहाेस् फेवातालकाे अवस्था 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.