|

मुगु : एक हप्तादेखि लगातारको हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गहेको छ। हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो। कर्णाली का जिल्लमा लगातर बाक्लो हिउँ परेको छ। हिमपातका कारण आवतजावतम असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको हो।

लगातार परेको हिमपातले मुगु जिल्लाको राराताल आसपासका झण्डै २ फिट हिउँ जमेको र जनजीवन प्रभावित भएको छायाँना रारा नगरपालिका उर्मिला न्यौपानेले बताइन्। यता मुगुको छिमेकी जिल्लामा जुम्लामा पनि हिपातले जनजीवन प्रभावित भएको छ। जुम्लाको माथिल्लो क्षेत्रमा १ फिट हिउँ जमेको छ। हिउँले जुम्लाका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या भएको जुम्ला  चन्दननाथ नगरपालिका २ का दीपक बुढथापाले बताए। उता डोल्पा जिल्लाको माथिल्लो क्षेत्रका समेत  २ फिट भन्दा बढी हिउँ जमेको छ।

कर्णालीका जिल्ला भइहेको हिमपाले पशुवस्तुलाई बाहिर निकाल्नै समस्या भएको छ। तर कालीकोटमा हिपमातसँगै खुसी छाएको छ। जनजीवन कष्टकरका बाबजुत हिउमा रमाइलो गर्ने गर्नाले त्यो दुख मेटाएको कालीकोट उद्योग बाणिज्य संघका सचिव रामलाल देवकोटाले बताए। कणाली प्रदेशका अरु जिल्लाको तुलानामा झनै हुम्लाका भारी हिमपात भएको छ। त्यसरी नै हुम्लामा पनि लगभग ३ फिटसम्म हिमपात भएको हो। हिमपातले हुम्लाको एक मात्र हवाई सेवा बन्द भएको छ।

हवाई सेवा खुलाउने प्रयास भएपनि जारी हिमपातले खुलाउन नसकिएको हुम्ला जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। हिमपातले कर्णालीकोे जनजीवन समेत प्रभावित बनाएको छ। लगातारको हिमपातले कर्णलीको तापक्रम माइनस १० सम्म पुगेपछि अत्याधिक चिसो बढेको छ। तर लामो समयको चर्को खडेरीबाट आजित भएका कृषकले हिमपातलाई सकारात्मक रुपमा लिएका छन्। चर्को खडेरीको मारमा परेका कर्णालीवासीलाई रुघाखोकी, टाइटफाइट जस्ता रोगले सताएका वेला हिमपातको चिसो थप कहर बनेर आएको छ।

कर्णालीमा हवाई सेवा बन्द

लगातारको हिमपातले कर्णालीका मुगु ,जुम्ला, हुम्ला डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ। कर्णालीका हिमाली जिल्ला  एकसातादेखि हिमापात नरोकिएपछि हवाई सेवा अवरुद्ध भएका हुन्। लामो समयको हिमपातले गर्दा कर्णालीका जिल्लाबाट तराई झर्ने र माथि आउने यात्रु मर्कामा परेका छन्। हिमपातले कर्णालीका डाँडाकाडा हिउले सेताम्य छन्। यसैबीच हिमपातले नाग्म गमगढी सडकखण्ड अबरुद्ध भएको छ। एक सातादेखि सडक बन्द हुँदा  मुगुमा दैनिक उपभोग्य सामानाको हाहाकार हुने देखिन्छ।

हिमपातले किसान खुसी

हिमपाले भने कर्णालीका किसान खुसी भएका छन् एक हप्तादेखिको लगातारको हिमपातले जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भयो भन्दै कर्णालीका किसान खुसी भएका हुन्। हिमपातसँगै अब कर्णालीका किसानहरू खेतबारीमा पस्नेछन्। बाँझो बारीमा गहुँ, जाै, उवाँ, फापरलगायत अन्नबाली लगाउने कर्णालीवासीले योजना बनाइसकेका छन्। कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्‍याएको छ।

हिमपातले कर्णालीका  जिल्ला र अन्य जिल्लाहरूमा निकै हुने कृषि बिज्ञहरू बताउँछन्। पछिल्लो समय भएको हिमपातका कारण चिसो बढे पनि किसानका लागि फाइदाजनक रहेको जिल्ला कृषि ज्ञानकेन्द्र मुगुमा कृषि प्रसार अधिकृत गोविन्द सिजापतिले बताए। लामो समयदेखि खडेरी भोगिरहेका कर्णालीका किसानलाई हिमपातले फाइदा भएको छ। लगाइएका गहुँ, जौ, उवाँ, फापर लगायतका बालीलाई हिमपातले फाइदा गरेको किसानको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.