|

इलाम : प्रदेश १ को इलाम क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु महिला हुन्। तर, उनलाई प्रदेशसभाले पुरुष बनाएको छ। यति मात्रै होइन धनकुटाकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ महिला हुन्। उनलाई पनि पुरुष बनाइएको छ।

प्रदेशसभाको यो लिंग परिवर्तन काम यतिमा मात्र रोकिएको छैन। सुनसरी क्षेत्र नं. ३ (क) बाट निर्वाचि लीलम बस्नेत पुरुष हुन्। उनको पनि लिंग परिवर्तन गरी महिला बनाइएको छ। प्रदेशभाको आधिकारिक वेबसाइटमा राखिएको सांसदहरुको सूचीमा पुरुषलाई महिला र महिलालाई पुरुष उल्लेख गरिएको छ।

पाँचथरकी आशारत्न जबेगू, धनकुटाकी कुसुमकुमारी श्रेष्ठ, मोरङकी कृष्णकुमारी राई, मोरङकै गुलेफुन खातुन, झापाकी जसमाया गजमेर (विश्वकर्मा), भोजपुरकी सौभाग्यवती देवी राई किरातको लिंगमा पुरुष उल्लेख गरिएको छ। सुनसरीका लीलम बस्नेतलाई महिलामा राखिएको छ। 

नेकपाका सांसदहरूको मात्रै लिंग परिवर्तन

प्रदेशसभाको वेबसाइटमा पुरुषलाई महिला र महिलालाई पुरुष उल्लेख गरिएकोसांसद सत्तारुढ नेकपाका मात्रै छन्। प्रदेश १ मा ९३ सांसद छन्। ६७ सांसद भएको नेकपाका आठ सांसदको लिंग परिवर्तन गरिएको छ।

२१ सांसद भएको नेपाली कांग्रे, तीन सांसद भएको संघीय समाजवादी फोरम र १÷१ सांसद भएका संघीय लिम्बुवान मञ्च र राप्रपाका सांसदहरूको भने लिंग परिवर्तन गरिएको छैन। सांसदहरूको लिंग परिवर्तन गरिएकोबारे संसद सचिवालयका सूचना अधिकारी अम्बिकाप्रसाद नेपाललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.