|

बाँके : कल बाइपास गर्ने उपकरणसहित एक भारतीयलाई बाँके प्रहरीले पक्राउ गरेको छ। नेपालगन्जबाट भारततर्फ जाँदै गरेका भारत मध्य प्रदेश जवलपुरका ओरुब चटर्जीलाई इलाका प्रहरी कार्यालय, जमुनहाको टोलीले उपकरणसहित पक्राउ गरेको हो। 

चटर्जीको साथबाट प्रहरीले कल बाइपास गर्ने उपकरण, एनसेलको १० र एनटिसीका दुई वटा तथा भारतीय नम्बरका सीमकार्ड, एटिएम कार्ड, तिन थान मोवाइल, एक थान ल्यापटप पनि प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक बसन्तकुमार बस्नेतले जानकारी दिए। ‘आशंका लागेर चेकजाँच गर्ने क्रममा चटर्जीलाई कल बाइपास गर्ने उपकरणसहित पक्राउ गर्न सफल भयौँ,’ उनले भने । 

उनको साथबाट कल बाइपास गर्ने पाँच थान टावर र एक थान मेसिन पनि बरामद गरेको बस्नेतले जानकारी दिए। उनी कोहलपुर क्षेत्रमा दुई दिन बसेर फर्केको प्रहरी समक्ष बयान दिएका छन्। केही दिनअघि जमुनहा नाका भएर कोहलपुर गएको बयान उनले दिएका छन्। पक्राउ परेका चटर्जीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको सई बस्नेतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.