|
फोटो : खानेपानी मन्त्रालयको वेबबाट

काठमाडौं : गएको १६ मंसिरमा खानेपानी सचिव गजेन्द्र ठाकुरले संसदको विकास तथा प्रविधि समितिमा पटक-पटक आग्रह गरे। 'आफ्नो छोरो, बच्चो सम्झिएर माफी गर्नुस्।' उनले संसदीय समितिको मर्यादामा बसेर जवाफ नदिएको भन्दै सभापतिलगायत समितिका सदस्यहरूले आरोप लगाएपछि माफी मागेका हुन्।

समितिले १६ मंसिरको बैठकमा मेलम्ची आयोजना पाइपलाइनको विषयमा जानकारी  लिनका लागि खानेपानीमन्त्री सहितको टिम बोलाएको थियो। मन्त्री बिरामी भएर आइनन् सचिव विभागीय अधिकारीहरूलाई जिम्मेवारी दिएर बोल्न चाहेनन्। त्यसपछि समिति सभापति कल्याणीकुमारी खड्का, समिति सदस्य गणेश पहाडी लगायतको सचिवको संसदीय समिति भएको कुरा स्मरण गराए। पछि सचिवले तीन पटकसम्म माफी मागे कहिले छोरोको रूपमा चिन्न माफी गरिदिन आग्रह गरे त कहिले आफ्नो बच्चोका रूपमा।  पटक-पटक माफीको आग्रहपछि ६६ दिनभित्र मेलम्चीको पानी आउँछ भनेर ठोकुवासमेत गरे। उनले पटक-पटक ठोकुवाका साथ भन्छु भनेपछि समितिमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका अन्य सदस्यहरू गलल हाँसे।

उनले ठकुवा गरेर पानी आउने मिति तोक्दै गर्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले चुनौतीका रूपमा नेपालले सरकारले दिनुपर्ने रकम समयमै भुक्तानी गर्नुपर्ने अन्यथा काम गर्न नसक्ने विषय औँल्याएका थिए। लगत्तै समिति सदस्य पहाडीले उनले देखाएको चुनौतीको विषयमा जिज्ञासा राखे पनि जवाफ आएको थिएन।

त्यसपछि कँडेलले देखाएको पहिलो चुनौतीअन्तर्गत नै मेलम्चीको जिम्मा लिएको इटलियन ठेकेदार कम्पनी सिएमसी भाग्यो तर मन्त्रालय र सचिव मन्त्रीको जवाफ अचानक भागेको भनेर प्रतिक्रिया दिएका छन्।

सिएमसी भागेको विषयमा २४ पुस २०७५ को बैठकमा सांसदहरूले छानबिन गर्नसमेत माग गरे। उनीहरूको आरोप सिएमसीले आफूले पाउनुपर्ने रकम माग्दा कमिसन नदिएको कारण रकम नपाएको थियो। सांससदहरू छानबिनका लागि संसदीय समिति गठनको माग गरे पनि अहिलेसम्म समिति गठन भएको छैन। तर, सोमबार समितिले मेलम्ची बोर्डका सबै निर्णय दिन निर्देशन दिएको छ।

समितिको बैठकमा कहिले नबोलेको कारण त कहिले धेरै बोलेको कारण आलोचना खेपिरहेका खानेपानी सचिव सोमबार धेरै बोलेका कारण आलोचित बने। उनले विकास समितिको बैठकमा ठाकुरले भने, 'आफ्नै छोराछोरी कमजोर छन् भन्ने नदेखौँ।' समितिमा रहेका सांसद बहादुरसिंह लामा र रामबहादर विष्टले सिएमसी अन्तर्राष्ट्रिय अदालत जाँदा नेपाललाई ठूलो घाटा पर्ने भन्दै सचेत गराएका थिए।

८० प्रतिशत काम सकिएपछि मोबिलाइजेसन रकम दिनुपर्छ, तर हामीले ९३ प्रतिशत काम गर्दा पनि रकम उपलब्ध गराएको छैनौँ यही कमजोरीको कारण अन्तर्राष्ट्रिय अदालत जाँदा हामीले हार्ने संभावना छ, हामीले फेस गर्न पनि सक्दैनौँ' सांसद लामाले भने। उनले तोकिएको समयमा रकम दिन नसक्नु र नियमन गर्न नसक्नु मन्त्रालको कमजोरी रहेको उनले दाबी गरे।

यसको जवाफमा सचिव ठाकुरले कमजोर नरहेको भन्दै आफ्ना छोरा समानकालाई कमजोर नठान्न आग्रह गरे। उनले अन्तर्रााष्ट्रिय अदालतमा जाँदा फेस गर्न सकिने दाबी गरे र अहिलेको समस्या नभएको बताए। 'हामीले त्यति ठूलो रकम रोकेका छौँ, त्यति कमजोर छ भन्ने नठानौँ ती अर्ब रुपैयाँ हामीसँग छँदै छ, त्यो प्रयोग गरेर आयोजना बनाई भोलि मुद्दा हालेमा मेलम्चीले वार्षिक १० अर्ब कमाइहाल्छ।'

सचिवले यो कुरा राखेपछि समिति सभापति खड्काले पुन: सचिवलाई गैरजिम्मेवार तर्क राखेको बताइन्। 'अदालतमा मु्द्दा परेको विषयको रकम कसरी प्रयोग गर्न सकिन्छ, संसदीय समितिमा गैरजिम्मेवार तर्क गर्न मिल्दैन' सभापति खड्काले भनिन्। उता मेलम्चीको नाममा आएका गाडी कसरी आएका हुन वा कसका हुन भन्ने विषयमा पनि जानकारी नभएको भन्दै सदस्य गणेश पहाडीले आपत्ती जनाएका छन्। 'हाम्रो समिति माथि हेलचेक्रयाइँ भएको छ, सम्बन्धित अधिकारीले यसरी जवाफ दिन मिल्दैन' पहाडीले भने।

सचिव ठाकुले आफूले भाडमा लिएको भन्ने बुझाइ आजसम्म राखेको तर भन्सार छुटमा गाडी लिएको भन्ने कुरा भर्खर थाहा पाएको प्रतिक्रिया दिएका थिए।

ठाकुरको बोल्ने स्वभावमा नै कमजोरी रहेको समिति सदस्यले आरोप लगाउने गरेका छन्। निकै चाकडीको भाषा प्रयोग गर्ने सोधिएको विषयमा नबोल्ने छोराछोरी बच्चाबच्ची भनेर टार्ने काम गरिएको छ, यस विषयमा उचित निर्णय हामीले गर्नेछौँ' समितिका एक सदस्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.