|

आमिर खान क्षमा भाव देखाउँछन्। उनी अरूलाई पनि क्षमा दिनु ठूलो धर्म हुने भन्दै क्षमा भावको प्रचार प्रसार गरेको देख्न पाइन्छ। तर, यस्तो क्षमा भाव आमिरको जीवनमा निकै पछि आएको उनी आफैले स्वीकार गरेका छन्।

बीबीसीसँग कुरा गर्दै आमिरले सानो झगडा हुँदा पनि अभिनेत्री जूही चावलासँग सात वर्ष नबोलेको खुलासा गरेका छन्। त्यो आमिरमा क्षमाभाव नभएको बेला थियो।

आमिरले भनेका छन्, ‘म र जूहीबीच सन् १९९७ मा ‘इश्क’ फिल्मको सुटिङका क्रममा सानो कुरामा झगडा भएको थियो। म यतिधेरै रिसाएको थिए कि फिल्मको सुटिङ नसकिउन्जेलसम्म जूहीभन्दा ५० फिट टाढै बस्थे। त्यसक्रममा न हेलो भन्थे न बाइ भन्थे।‘ उनले अगाडि भनेका छन्, ‘म मात्र काम परे बोल्थे। सात वर्षसम्म हामी एकदोस्रोसँग बोलेनौँ’

आमिर खान र जूहीबीचको यो झगडा सन् २००३ मा आएर अन्त्य भएको थियो। जूही र आमिरबीचको बन्द भएको बोलचाल त्यतिबेला शुरु भएको थियो जतिबेला आमिरको उनकी श्रीमती रीनासँग डिभोर्सको कुरा सार्वजनिक भएको थियो।

त्यसबेला आमिरले कसैसँग पनि भेट्न र बोल्न छोडेका थिए। रीना र आमिरको सम्बन्धलाई नजिकबाट नियालीरहेकी जूहीले त्यतिबेला फोन गरेकी थिइन्। उनले डिभोर्स नगर्न आग्रह र सुझाव दिएकी थिइन्। त्यसपछि उनी आमिरलाई भेट्न गएकी थिइन्।

आमिर अहिले जूहीसँगको सम्बन्धलाई लिएर खुसी छन्। अप्ठ्यारो परेको बेला आफैँ बोल्न आएकामा जूहीप्रति आमिर खुसी भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.