दुई लाख २० हजार धारामा केयुकेएलको पानी

|

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडको उद्देश्य हो, उपत्यकाबासीलाई समानुपातिक ढंगले खानेपानी उपलब्ध गराउने, सलुभ र सहज ढंगले पानी वितरण गर्ने। केयुकेएल यी तीनवटै उद्देश्‍यबाट विमुख रहेको छ।

न सहज ढंगले पानी वितरण गर्न सकेको छ, न भएको पानी समानुपातिक तरिकाले वितरण गरेको छ। केयुकेएलका अनुसार अहिले काठमाडौं उपत्यकामा ४५ करोड लिटर पानीको माग रहेको छ। 'अहिले काठमाडौं उपत्यकामा ४५ करोड लिटर पानीकमो माग रहेको छ तर हामीले वर्षयाममा १६ करोड लिटर र सुख्खखा याममा १२ करोड लिटर पानी मात्रै उपलब्ध ‍गराएका छौँ' केयुकेएलका महाप्रबन्धक महेश भट्टराइले बताए।

पानीको वितरण कसरी गरिन्छ भन्ने सवालमा उनी भन्छन् 'कतै १४/१५ दिनमा एकपटक पनि तालिका छ, कतै दिनको एकपटक पनि पानी जान्छ।' उपत्यका आठ शाखाबाट पानी वितरण गर्ने केयुकेएलले कही पनि समानुपातिक ढंगबाट पानी वितरण गर्न सकेको छैन।

कीर्तिपूर शाखाबाट वितरण हुने तालिका

महाप्रबन्धक यो विषय आफ्नो कमजोरीभन्दा पनि प्राविधिक कारणले गर्दा यस्तो हुन पुगेको बताउँछन्। उनको यति सहज उत्तर मान्न भने काठमाडौं बासी मात्रै हैन जनप्रतिनिधि पनि तयार छैनन्। काठमाडौंबाट नेकपाकी सांसद बीना श्रेष्ठ केयुकेएलका अधिकारीलाई सहयोग गर्नेको घरमा दिनदिनै पानी जाने र नगर्नेको घरमा १४/१५ दिनमा पानी जाने उनको दाबी छ। 'मरमसला दिनकै घरमा दिनदिनै पानी जान्छ, नदिनेको घरमा १५ दिनमा पनि पानी जाँदैनु सांसद श्रेष्ठले दाबी गरिन्। काठमाडौंमा घर भएका अर्का सांसद बहादुरसिंह लामाको अनुभाव पनि यस्तै रहेको छ। केयुकेएलका कर्मचारीले मिलाउँदा दिनदिनै पानी पुग्छ भने नचाहदा दिनदिनै पानी पुग्दैन।

राजश्‍वमा पनि छैन समानुपातिक

पानी वितरण मात्रै हैन पानी प्रयोग गरेबापत लिइने रकम पनि समानुपातिक छैन। यसको अर्थ कम पानी प्रयोग गर्नेले कम रकम र बढी पानी प्रयोग गर्नेले बढी रकम दिने हैन, कर्मचारीलाई खुसी पार्नेले कम रकम र खुसी पार्न नसक्नेले विलमा लेखिए अनुसारको रकम दिनु पर्छ।

यो अनुभव सर्वसधारणको मात्रै हैन जननिर्वाचित सांसदको हो। १३ वर्षसम्म मासिक ८० रुपैयाँ तिर्ने उनले घर बेच्ने क्रममा दुई लाख ५० हजार बक्यौता बाकी रहेको कुरा थाहा पाए। तर कहिलेको बक्यौता भने खोजी गर्दा केही रकम दिँदा मिलाउन सक्ने प्रतिउत्तर केयुकेएलका कर्मचारीबाट आयो। 'मैले सोधिखोजी गरेपछि दुई कर्मचारीले मिलाउनु पर्छ भने के मिलाउने भन्दा केही रकम कर्मचारीलाई दिएपछि मिटर उल्टो घुम्दो रहेछ' लामाले भने 'मैले अब जिएमकोमा जाऊ भनेको रोइ कराई गर्‍यो परिवारले कति रकम दिएर मिलाए थाहा भएन।'

केयुकैएलले भने मेलम्चीको पानी आएपछि समानुपातिक वितरण र भुक्तानी समस्या पनि समधान हुने बताएका छन्। अहिले केयुकेएलले ८० करोड रुपैयाको राजश्‍व पानीबाट राजस्व उठाउने गरेकोमा मेलम्ची खानेपानी आएपछि १० अर्ब रुपैयाँ पुग्ने अनमान गरिएको छ। त्यस्तै मलम्ची आएपछि पानीको महसुल पनि वृद्धि गर्ने तयारीमा केयुकेएल रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.