|

पोखरा : मनाङ 'ख' बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको मोटर चढेर गण्डकी प्रदेशसभा प्रवेश गरेका छन्। निर्वाचित भएको १४ महिनापछि सोमबार साँझ प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको सपथ खाएका उनले भारतको विहार प्रदेशको BR06PD 7529 नम्बरको मोटर चढेर प्रदेशसभा प्रवेश गरेका हुन् ।

यस विषयमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यसबारे कानुनी कार्यविधि हेर्नुपर्ने बताए। ‘माननीय ज्यूले भारतीय नम्बर मोटर चढेर प्रदेशसभा छिर्न पाउनेकी नपाउने भन्नेबारे कानुनी कार्यविधि हेर्नुपर्छ,’ उनले भने।

मनाङले भने भारतको चन्दा सहयोग लिन हुने तर, गाडी चढेर आउन किन नहुने भन्ने तर्क दिए। ‘राजनीति व्यक्ति भएपछि गाडी रफ चलाउनुपर्ने हुन्छ मेरो गाडीका क्लिरिएन्स त्यति राम्रो छैन। त्यै भएर भाइहरूको गाडी हो यो त्यै चढेर आएको’ उनले भने। प्रदेश ५ का मुख्यमन्त्रीहरू नै भारतीय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै उनले यो ठुलो कुरा नभएको बताए। उनले मनाङेले भारतीय गाडी चलाएबापत तिर्नुपर्ने दैनिक करसमेत तिरिरहेको बताए।

प्रदेशसभा प्रवेश द्वारबाट प्रहरीले उक्त भारतीय नम्बरको गाडीलाई विनारोकटोक छिर्न दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.